दुर्घटनामा मृत सदाकत अलिमियाँको शव परिवारलाई बुझाइयो

पाेखरा | माघ २, २०७९

दुर्घटनामा मृत सदाकत अलिमियाँको शव परिवारलाई बुझाइयो

पोखराः  पोखरामा आइतबार यती एयरको विमान दुर्घटना हुँदा निधन भएका पोखरा १३ का सदाकत अलिमियाँको शव परिवारले बुझेका छन् । 


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी मेडिकल कलेजमा पोस्टमार्टम गरेपछि उनको शव परिवारलाई बुझाइएको हो ।


पोखरामा व्यापार व्यवसाय गर्दै आएका सदाकत सानिमालाई काठमाडौंमा पुर्‍याएर फर्कने क्रममा दुर्घटनामा परेका थिए । २६ वर्षीय अलिमियाँको मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । परिवारको एक्लो छोरा रहेका सदाकतको घरमा २ वर्षकी छोरी छन् । 

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

थप पढ्नुहोस्

पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

थप पढ्नुहोस्

पोखरा ।    पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

थप पढ्नुहोस्